बसन्त लामा

सिंगौल,निजगढ नगरपालिकाको सिंगौलस्थित राष्ट्रिय वन र सामुदायिक वन क्षेत्रभित्र केही दिनदेखि चोरी सिकारी बढेको छ ।जिल्ला वन कार्यालयका कर्मचारी र प्रहरीको निस्क्रियताका कारण राष्ट्रिय र सामुदायिक वनमा चोरी सिकारी बढेको स्थानीयले बताएका छन । सिकारीहरुले प्रत्यक दिन बदेल, मृग, हरिण, निल गाई जस्ता जंगली जनावर मार्ने गरेको स्थानीयको भनाइ छ । प्रहरीकै मिलिमतोमा चोरी सिकारी मौलाएको आफ्नो नाम नबताउँने सर्तमा एकजना स्थानीयले बताए । ‘सिकारीहरुले जनवार मारेको दिन प्रहरीलाई समेत भाग दिने गरेका छन्,’ उनले भने, ‘जंगली जनवारको मासुमा प्रहरी लोभिदाँ जंगलमा चोरी सिकारी मौलाएको छ ।’ सिकारीले मारेको जनवारको मासु जंगलबाटै निजगढका होटल र केही राजनीतिक दलका व्यक्ति र व्यापारीको घरसम्म पु¥याउने गरिएको बताइएको छ ।



















