कलैया,बारा जिल्लामा यस वर्ष कृषकहरूले कुल १ लाख १९ हजार २ सय ८८ मेट्रिकटन आलु उत्पादन गरेका कृषि ज्ञानकेन्द्रका प्रमुख राजनारायण प्रसाद साहले जानकारी दिनुभएको छ ।यस वर्ष कृषकहरूले विभिन्न जातको आलुखेती ७ हजार ४ सय हेक्टर क्षेत्रफलमा खेती गरि प्रतिहेक्टर १६ दशमलव १ मेट्रिकटनले कुल १ लाख १९ हजार २ सय ८८ मेट्रिकटन आलु उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख साहले बताउनुभयो । उत्पादित आलु हाल कलैया बजारमा प्रति किलो रु २५ देखि ३० मा बिक्री वितरण भइरहेको हुँदा २५ हजार मेट्रिकटनले कुल २ अर्ब ९८ करोड २२ लाख बराबरको आलु उत्पादन भएको अर्थ विज्ञ महराले जानकारी दिनुभएको छ ।गत वर्ष कृषकहरूले जिल्लाको ७ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमा आलु खेती गरि प्रतिहेक्टर १५ दशमलव ९ मेट्रिकटनले कुल १ लाख १८ हजार २ सय ९८ मेट्रिकटन आलु उत्पादन गरेका थिए ।

Leave a Reply