सिमरा,प्रहरीले बाराको जीतपुरसिमराबाट १५ केजी गाँजासहित एकजनालाई आइतबार पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वर्ष ३६ का राजमहमद मियालाई चेकजाँचको क्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित सडकबाट १५ केजी गाँजा सहति नियन्त्रणमा लिएको हो । साइकलको क्यारियर मियाँले पिठ्युमा बोकेको झोला खानतलास गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । पक्रउ परेका मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।