कलैया,बाराको ६ वटा पालिकामा सोमवारदेखि हैजा महामारी विरुद्धको खोप अभियान सोमवारबाट सुरु भएको छ ।
खोप अभियान कार्तिक २ गते आइतबारसम्म सञ्चालन गरिने जनाइएको छ । जिल्लाका ६ पालिकाका तीन लाख ६५ हजार ९३१ जनालाई लक्षित गरी खोप अभियान संचालन हुने जिल्ला जनस्वास्थय कार्यालय बाराका जनस्वास्थय अधिकृत कञ्चन नेपालीले जानकारी दिनुभएको छ । अधिकृत नेपालीको अनुसार ६ वटा पालिकाहरुमा जीतपुरसिमरा उपमहानगरपालिकाका एक लाख २७ हजार ९५६, कलैया उपमहानगरपालिकाका एक लाख ३६ हजार ४३२, फेटा गाउँपालिकाका २८ हजार ६३, बिश्रामपुर गाउँपालिकाका २४ हजार ३५७, प्रसौनी गाउँपालिकाका २४ हजार ८२० र परवानीपुर गाउँपालिकाका २४ हजार ३०३ जनालाई खोप लगाइने छ ।

उहाँले नेपालमा उपलब्ध इयुभिकोल–एस नामक खोप लगाईने बताउनुभयो । यो खोप बिश्व स्वास्थय संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो । यो खोप नेपालको नियामक निकाय औषधी ब्यवस्था विभागमा दर्ता भएको उहाँले जनाउनुभयो । खोप सुरक्षित एवम प्रभावकारी छ र एक बर्ष भन्दामाथि उमेरका सबैलाई दिने उहाँले बताउनुभयो ।
यो अभियानमा नगरपालिका, गाउँपालिका र वडा कार्यालय, सरकारी गैर सरकारी अस्पताल तथा अन्य स्वास्थय संस्था, विद्यालय,कलेज तथा अन्य शिक्षण संस्था, सरकारी तथा गैर सरकारी संघ संस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन गर्ने बाहय खोप केन्द्र, मन्दिर, मस्जिद, बस पार्क,नेपाल भारत सिमानाका मुख्य नाका, उधोग,कारखाना, ईटा भटृा जस्ता अन्य स्थानहरुमा खोप केन्द्र राखिने उहाँले बताउनुभयो ।

त्यसैगरी अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत २४ वटै वडाहरुमा एक वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाईने जीतपुरसिमरा उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत प्रारम्भिक चरणमा जिल्लाका ६ पालिका कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुरमा खोप अभियान केन्द्रित रूपमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।जिल्लाका ६ पालिकाका तीन लाख ६५ हजार ९३१ जनालाई लक्षित गरी खोप अभियान संचालन हुने जिल्ला जनस्वास्थय कार्यालय बाराका जनस्वास्थय अधिकृत कञ्चन नेपालीले जानकारी दिनुभएको छ ।अधिकृत नेपालीको अनुसार ६ वटा पालिकाहरुमा जीतपुरसिमरा उपमहानगरपालिकाका एक लाख २७ हजार ९५६, कलैया उपमहानगरपालिकाका एक लाख ३६ हजार ४३२, फेटा गाउँपालिकाका २८ हजार ६३, बिश्रामपुर गाउँपालिकाका २४ हजार तिन सय ५७, प्रसौनी गाउँपालिकाका २४ हजार आठ सय २० र परवानीपुर गाउँपालिकाका २४ हजार तिन सय तिन जनालाई खोप लगाईने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply