निजगढ,निजगढस्थित पूर्वपश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट बुधवार बिहान एक किशोरी घाइते बनेकी छिन ।
निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने लिलाध्वज वाइवाकी १९ वर्षिय छोरी मनिषालाई बुधवार बिहान करिव ६.२० बजे ना ६ ख ६६६९ नम्बरको ट्रकले राजमार्गको देउराली चोक नजिक ठक्कर दिएको थियो ।
ठेलासाइकल ठेलामा सामान राखेर बजारतर्फ जादै गरेको अवस्थामा मनिषाले चलाएको ठेलालाई ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । तीव्र गतिमा आएको ट्रकको ठक्करबाट मनिषा साइकलबाट उछिट्टिएर सडकमा पछारिन पुगेको ठेलाको पछाडिसँगै रहेकी मिनाषाकी फुपू पम्फा विकले बताउनुभयो ।
टाउको, कम्मर, पाखुरा र तिघ्रामा चोट लागेकी मनिषाको निजगढ ९ स्थित समुदायिक अस्पतालमा उपचारपछि थप उपचारको लागि काठमाण्डौं पठाइएको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ । उनको अवस्था खतारा बाहिर रहेको पनि प्रहरीले बताएको छ ।
ठक्कर दिने ट्रक र चालकवर्ष ३३ को दिपक घलेलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।