वीरगन्ज,पर्सामा असारको दोश्रो साता सकिनै लाग्दा २५ प्रतिशत मात्रै रोपाइ भएको छ । बितेका वर्षहरुमा बर्षाको लागि आकाश ताक्ने किसान यस पटक भने बिगत भन्दा अग्रिम नै पानी परे पनि धानको बिउ तयार भइनसकेका कारण रोपाइ समयमा नै सम्पन्न गर्न नपाएका हुन् । साबिक भन्दा पहिले नै पानी परिदिएर बिउ तयार हुनमा समस्या भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनीलाल प्रसादले बताउनुभयो । बिउ हाल्ने समय भन्दा अलि अगावै पानी परेपछि बिउको बिकासमा असर परेको र अहिले रोपाईको समयमा परेको पानीको सदुपयोग हुन नसकेको उहाँले बताउनुभयो ।

धान पर्साका किसानहरुले खेती गर्ने मुख्य बाली हो । जिल्ला कृषि ज्ञानकेन्द्रको तथ्यांक अनुसार पर्सा जिल्लामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ । समान्यतया यसको लागि जेठमा ब्याड तयार गरेर किसानले बिउ छर्ने गरेका छन् । आसारको पहिलो सातादेखि रोपाई सुरु हुन्छ । जिल्लामा सरकारी योजनाका सिचाईका कार्याक्रमहरु भए पनि ति सबै प्रभावकारी नहुँदा किसानहरु आकाशे पानीको भरमा नै मुख्य रुपमा खेती गर्ने गर्छन् । कृषि ज्ञान केन्द्र पर्साका बाली विज्ञ अधिकृत सुरेन्द्रप्रसाद चौरसियाका अनुसार पर्सामा अहिले करिब २५ प्रतिशत मात्र रोपाई भएको छ । यसमा जिल्लाको उत्तरी भेगमा रोपाई प्रतिशत बढी भएको र असारको मध्यमा अर्थात २ तीन दिनभित्र दक्षिणी भेगमा पनि रोपाईले गति लिने उहाँले बताउनुभयो ।

Leave a Reply