वीरगञ्ज,मधेस प्रदेशमा नयाँ सरकार गठन हुने भएक‍ो छ । प्रदेशमा डा. सिके राउत नेतृत्व गरेको जनमत पार्टीको सरकार बनाउने सहमति भएको हो ।

नेकपा माओवादी केन्द्र, एमाले, लोसपा, नेकपा एस मिलेर प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । बिहीवार बसेको राजनीतिक दलहरुको बैठकले यस्तो सहमति गरेको हो ।

बैठकपछि विज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराइएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’्जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबिच सहमति भएको भनिए पनि विज्ञप्तिमा ३ दलले मात्रै हस्ताक्षर गरेका छन् ।

Leave a Reply