निजगढ,निजगढ नगरपालिकाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका बाढी, पहिरो पिडीतहरुको लागि शनिबार ३ लाख रुपैया नगद सहयोग हस्तान्तरण गरेको छ । निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लिलादेबी लामिछानेसहित वडा अध्यक्षहरुको टोलीले मेलम्ची नगरपालिकाका मेयर डम्मर अर्याल र उपमेयर भगवती नेपाललाई ३ लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

बाढी प्रभावित हेलम्बु नगरपालिकाकालाई पनि शनिबार नै चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको भएपनि खराब मौसमको हेलम्बु पुग्न नसकेर त्यसै फर्किनु परेको टोलीमा सहभागी निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव ढोडारीले जानकारी दिनुभयो । उहाँले हेलम्बुकोलागि छुट्याइएको थप ३ लाख रकम बैङ्गमार्फत पठाइने पनि बताउनुभयो । बाढी, पहिरो पिडीतलाई सहयोग गर्न निजगढ नगरपालिका प्रमुख खनाल र उपप्रमुख लामिछानेसहित वडा अध्यक्षहरुको टोली हिजो निजगढबाट सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको थियो । गएको असार १ गते मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परेर केही मानिस बेपत्ता भएका छन् भने झन्डै चार सय परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका पूर्वाधारहरूमा समेत ठुलो क्षति भएको छ ।

Leave a Reply