कलैया,बारा प्रहरीले ६२ बोरा भुटेको चना बरामद गरेको छ । प्रहरीले विश्रामपुर गाउँपालिका– ३ बाट ६२ बोरा भुटेको चना बरामद गरेको हो ।
बरामद गरिएको १ हजार ५ सय ५० किलो भुटेको चनाको बजार मुल्य १ लाख १६ हजार २ सय ५० रुपैयाँ अनुमान गरिएको छ ।
बिहीबार राति ११ः५० बजे जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा चना बरामद गरेको थियो । बरामद गरिएको भुटेको चना शुक्रबार आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । भन्सार छली गरेर भुटेको चना तस्करी हुँदैछ भन्ने सूचनाका अधारमा खटाएको टोलीले वेवारिसे अवस्थामा चना फेला पारेको मिश्राले बताउनुभयो ।