नेपाली जनमानसमा एउटा उखान छ– ‘बोकाले दाइँ हुने भए किन चाहियो र गोरु’ ।बाराको सिम्रौनगढको नापी र मालपोत कार्यालयको हकमा यो उखान लागू भएको देखिन्छ । नापी र मालपोतका कर्मचारी कार्यालयमा नबसेपछि लेखानदासको भरमा कार्यालयको काम संचालन हुने गरेको कुरा आएको छ । वास्तवमा लेखनदासले नै हुने भए किन निजामती कर्मचारी चाहियो र ? किन सरकारले निजामति कर्मचारीका लागि रकम खर्च गर्न पर्यो र ? यो गम्भीर कुरा हो । लेखनदासले गर्ने अरु नै काम होला । अथवा उनीहरुको जिम्मेवारी यो होइन होला नि त ।

त्यसरी जसले जे मन लाग्छ त्यही गर्दै जाने हो भने सरकारी कर्मचारी किन चाहियो र ? लेखानदासलाई मनोमानी गर्ने अधिकार कसले दियो ? यो त सेवाग्राहीलाई ठग्ने काम पनि हो । यसरी आफ्नो अधिकारभित्र नै नभएको कुरामा लेखदासहरुले गरेको कार्यको स्थानीय प्रशासनले रमिता हेरेर बस्न हुदैन । गर्न नमिल्ने काम यसरी गर्ने हो भने कारबाही गर्नु पर्दछ ।सबैको आआफ्नो जिम्मेवारी र दायित्व हुन्छन । यसरी आफ्नो कर्तव्य भुलेर कसैले बद्मासी गर्छ भने कारबाही गर्न ढिला गर्न पनि हुदैन ।सरकारी कार्यालय भनेको त एउटा विधि विधानमा चल्ने निकाय हो । जसले जे मन लाग्यो त्यही गर्ने, जसको पनि सही छाप चलाउने हो भने सरकारी कर्मचारी र कार्यालयको औचित्य के रहला र ?

 

Leave a Reply