सुन नेपालमा उत्पादन हुने बस्तु होइन, त्यसो दक्षिणी एसियाका देशहरुमा सुन सहज रुपमा पाइदैन तर सुनको बढी खपत पनि यतै हुन्छ कि जस्तो पनि देखिन्छ ।विश्वका धनी भनिएका देशरुमा पनि सुनको महत्व होला नै तर,नेपाल जस्ता देशरुमा भने सुनको अनावश्यक रुपमा बढी महत्व पनि दिएको देखिन्छ । सुन भनेको बिलकुल सौखको कुरा हो ।

हुनत नेपालको सनातन धर्ममा सुनलाई महत्व पनि दिएको देखिन्छ । संभव भएसम्म सुन दानको कुरा पनि उठाएको देखिन्छ तर सुनदान गर्नु नै पर्छ भन्ने चाही छैन । अब समय फेरिएको छ र सुनको विकल्पमा अन्य धेरै कुरा पाइन्छन् ।
सुनको कारोबार गर्नेहरु नेपालमा धेरै छन् । कर तिरेर कारोबार गर्ने त कुरै नगरौं तर केहीले कर नतिरेर पनि तस्करी गर्ने गरेको आरोप लाग्ने गर्दछ । यस्तै कारोबार गरेको अभियोगमा केही त थुनामा नै छन् ।नेपालमा सुन किन तस्करी भइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हो । सुनमा फाइदा बढी हुने भएपनि अबैध कारोबार भएको देखिन्छ । अहिले यस क्षेत्रका सुन व्यवसायीहरु सरकारले बढाएको कर नीतिको विरोधमा देखिएका छन् र उनीहरुले विरोध प्रर्दशन गरिरहेका छन् । अनावश्यक कर बढाएको भन्ने उनीहरुको भनाई पनि आफ्नो ठाउँमा ठीकै होला ।

तर, सुनको विषयमा हल्ला र प्रचार पनि अधिक गर्ने गरिन्छ । जस्तो सुन लगाउने व्यक्ति नै घटे भने यसको औचित्य पनि घट्ला नै । सुनको सट्टामा यसले काम दिने बस्तुहरुको अब नेपाली समाजमा प्रयोग गर्न आवश्यक छ ।सुनका गहना लगाएर हिँड्ने अवस्था सामान्य नेपालीका लागि कठिन छ । यो कतिपय अवस्थामा देखासेखी पनि भएको छ । यसको विकल्पको खोजी गरेको खण्डमा मात्रै सरकार आफै ठाउँमा आउछ र यसको अबैद्य कारोबारको पनि औचित्य सकिन्छ । दुई लाख तोलाको सुन खरिद गरेर गहना लगाउने कुरा अब सामान्य रहेन ।

Leave a Reply