नेपालको राजनीतिमा एउटा टिप्पणी हुने गर्दछ, छिमेकी देश भारतको चाकडी नगर्ने कोही पनि नेता नेपालमा टिक्न सक्दैन । कतै कतै त मदन भण्डारी र बीरेन्द्र शाहको बंशानास पनि भारतले नै गरेको भनेर आरोप लगाइन्छ ।
यद्यपि यसको कही कतैबाट स्वतन्त्र पुष्टी छैन । त्यसैले आरोप मात्रका लागि छिमेकीको सम्बन्ध बिगार्ने कुरा पनि जायज होइन । भारत नेपालको एक छिमेकी देश हो, यसमा कुनै शंका छैन । ल मानौं असल छैन रे तर नजिकको छिमेकी पक्कै हो । नेपाल र भारतका विषयमा धेरै कुराहरु मिल्ने गर्दछन् । त्यसैले पनि नेपाल र भारतको सम्बन्ध निकै बलियो छ ।

तर, यसो भन्दैमा भारतसँग गुलामी नै गर्न पर्छ भन्ने चैं छैन । भारतले नेपालका शासकहरु गुलामी गरुन् भन्ने पनि चाहदैन तर आफूप्रति उत्तरदायि भइ नै रहुन् भन्ने चैं चाहान्छ । विगतलाई हेर्दा पनि नेपालका सत्तामा रहेकाहरुले केही न केही राष्ट्रघात गरेको देखिन्छ । जसले जे भनेपनि भारतसँग नेपालका शासकहरु नझुकेको उदाहरण कमै छ । काँग्रेस त भारतमा नै पालित पोषित थियो नै एमालले टनकपुर बिक्री गरेको आरोप लाग्दै आएको छ भने माओवादी पनि झन अछुतो छैन ।

अब नयाँ दलको पारा पनि उस्तै देखिएको छ । नेपालले नियतबस भारतको सीमा मिचेको छैन । सीमा क्षेत्रमा केही एकाध यस्तो हुन सक्छ । नेपालले भन्दा पनि नेपालीहरुले भने भोगचलन गरेका हुन सक्छन् ।यसैमा प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको छ भन्न हुन्थेन तर भनेपछि अब भारत खुसी भएको छ । भारत खुसी भएपछि नेपालमा सत्ता चलाउन कुनै समस्या छैन सायद बालेनको चाहना भारत खुसी पार्नु मात्र होइन होला । आवश्यक परे चाकडी गर्ने पनि देखिन्छ जुन देशका लागि घातक छ । बालेन पनि इतिहाँसकै पुरानावृत्तिमा हिँड्ने देखिन्छ नै ।

Leave a Reply