वीरगन्ज,पर्सा क्षेत्र नम्बर ३ का विघठित प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले भाठा बाबा दुधेश्वरनाथ महादेव मन्दिर प्रवेशद्वारको शनिबार शिलान्यास गर्नुभएको छ ।

प्रदेश नम्बर २ सरकारको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयबाट निर्माण हुने प्रवेशद्वारको एक कार्यक्रमकाबीच सांसद रौनियार र प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य प्रह्लाद गिरीले सयुँक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षा बैरीयामा ३२ लाखको लागतमा निर्माण हुने प्रवेशद्वारको शिलान्यास गर्दै सांसद रौनियारले कोरोना भाइरसको महामारीले प्रभावित भएका विकास निर्माणका कामहरुले अब तिव्रता लिने बताउनुभयो ।

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित दुधेश्वरनाथ मन्दिरको प्रवेशद्वार निर्माणपछि यस क्षेत्रको आकर्षण अझै बढने र पर्यटक भित्र्याउन सघाउ पुग्ने विश्वास रौनियारले व्यक्त गर्नुभयो ।

Leave a Reply