दीपेन्द्र जयसवाल

गन्जभवानीपुर,बारागढी गाउँपालिका खोपवाको सभाहलमा युनिसेफ नेपालको सहकार्यमा खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत खानेपानी सुरक्षा योजना, खानेपानी गुणस्तर र सुरक्षित खानेपानी समुदाय घोषणा तयारीको क्रममा उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरूलाई २ दिने तालिम दिइएकोे छ ।बारागढी गाउँपालिकाको अध्यक्ष अशोककुमार जयसवालको प्रमुख आतिथ्यतामा भएको सो तालिममा बिरेन्द्रप्रसाद पण्डित र सहायक प्रशिक्षक बिनोदप्रसाद रामले तालिममा सहभागिहरूलाई प्रशिक्षण दिनुभएको थियो ।कुल ३३ जना सहभागी रहेको सो तालिममा प्रमुख प्रशासकीय अधिकृत कमलेशकुमार मिश्र, गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राय, सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर, वडा नं.३ को वडा अध्यक्ष उमेशप्रसाद साह, विरिष्ठ प्रज्वलक उमेशप्रसाद चौधरी, सरसफाइ फोकल पर्सन उपेन्द्रप्रसाद साह, सामुदायिक प्रविधिक धर्मनारायण चौधरी, ल्याब टेक्निसियन ज्योतिकुमारी चौधरी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply