नरेश गुप्ता

बरियारपुर,बाराको देवताल गाउँपालिका वडा नम्बर ४ स्थित निर्माण गरिएको सार्वजनिक शौचालयको शुक्रवार उदघाटन गरिएको छ ।

देवताल गाउँपालिकाको अध्यक्ष चन्दनकुमार सिह र बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो । सार्वजनिक शौचालय गाउँपालिभित्र अनिवार्य रहेकोले बाहिरबाट आउने सेवाग्राहीको लागि सार्वजनिक शौचालय जरुरी रहेको प्रमुख जिल्ला अधिकारी कटुवालले बताउनु भयो । शिक्षा, स्वास्थ्य संगै सरसफाइको पनि जीवनमा निक्कै ठुलो महत्व रहेको उहाँले बताउनुभयो ।

प्रहरी चौकी नजिक नवनिर्मित प्रतीक्षालय तथा वडा नम्बर ४ र ५ कार्यालय नजिक सार्वजनिक शौचालयको निर्माण गरिएको छ । गाउँपालिका अध्यक्ष सिंहको अध्यक्षतामा भएको शौचालय उद्धघाटन कार्यक्रममा बाराका प्रहरी प्रमुख दिपेन्द्र शाही, विशिष्ट अतिथिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साह, गाउँपालिकाकी उपाध्यक्ष रामपति देवी, वड़ा अध्यक्षहरु, बुद्धिजीवी, शिक्षक तथा स्थानीयबासीहरुको पनि सहभागिता रहेको थियो ।

Leave a Reply