बिदुर खडका,
डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित डुमरवाना कलेजको १७औ बार्षिकोत्सब तथा १८ औं स्थापना दिवसको अवसरमा शुक्रवार प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रमको उद्धाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष रामप्रसाद लामिछाने, नेपाली कांग्रेसका नेता कृष्णव्रत सिह, छवि शर्मा, हरि थपलियालगायतको उपस्थित रहेको थियो ।कार्यक्रममा राष्ट्रिय विभुति शिक्षा सदन, जनता माध्यमिक विद्यालय रजघट्टा, नेपाल राष्ट्रिय मावि फत्तेपुर र डुमरवाना प्रोगे्रस ऐकेडेमीका विद्यार्थी सहभागिता रहेको थियो ।कलेज प्रमुख राधेश्याम शिवाकोटीले संञ्चालन गरेको कार्यक्रमकोे अध्यक्षता कलेज व्यवस्थापन समितिका अध्यक्ष अनिल मैनालीले गर्नुभएको थियो ।

Leave a Reply