करैयामाई,बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ का माछापालक किसानहरुलाई बुधबार माछाको भुरा वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गाउँपालिका कृषि शाखाको सहयोग र पौराइमाई कृषि सहकारी संस्था लिमिटेड पिपरा तथा माछा पकेट समन्वय समिति करैयामाई बाराको संयुक्त आयोजनमा किसानलाई माछाको भुरा वितरण गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट अन्तरगतका किसानहरूलाई ५० % अनुदानमा माछाको भुरा वितिरण गरिएको गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले बताउनुभयो । भुरा वितरणबा गाउँपाकिाल वडा नम्बर ७ का माछापालक किसानहरू लाभान्वित हुने स्थानीय माछापालक किसानहरूले बताएका छन् ।
माछाको भुरा तथा अन्य सामग्री वितरण कार्यक्रममा करैयामाई गाउँपालिका कृषि शाखाका अभिनाश थापालगायत माछापालक किसानहरू र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।