काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी ७० रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ७० रुपैयाँले बढेको छ। अघिल्लो दिन ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर प्रतितोला ३ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Leave a Reply