नरेश गुप्ता
बरियारपुर – कोल्हबी नगरपालिकाको नगर प्रमुख भरत भण्डारी माछा उत्पादनको जिल्लाको रुपमा बारालाई चिनाउनु पर्ने बताउनु भएको छ । बाराको कोल्हबी नगरपालिकामा नेपाल मत्स्य ब्यवसायी जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिबेशन कार्यक्रमलाई समुदघाटन गर्दै भण्डारीले बारा मत्स्य पालनको बिकास र माछा पालनको क्षेत्र बिस्तार गर्न उतम क्षेत्रको रुपमा बारा जिल्ला रहेकोले यसको ब्यवासायीकरण र ब्यवस्थापनको लागि माछा सुपरजौनले प्रभावकारी कार्यक्रम कृषकको हकहितको लागि चलाउनु पर्नेमा जोड दिनु भयो ।
प्रधानमन्त्री सुपरजाेन कार्यक्रमले प्रदान गर्ने अनुदान , दक्ष प्राबिधिक , ठुल्ला ब्यवसायी देखि सानो पोखरिमा माछा पालन गर्दै आएको किसानलाई पनि सेवा सुबिधा बाट बन्चित नगर्न आग्रह गर्नु भएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै भण्डारीले बारा जिल्लालाई माछाको जिल्ला भनेर चिनाउन मत्स्य कृषकलाई समयमा गुणस्तर माछाको भुरा ,दानाको ब्यवस्था मिलाउनु पर्छ । त्यसैगरी किसानहरुले भोग्दै आएको समस्या सिचाईको समस्या भेटनरी र क्वारेन्टाइनको समस्यालाई समाधान गर्नुपर्ने बताउनु भयो ।
नेपाल मत्स्य ब्यवसायी संघको तेस्रो जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै बाराको प्रमुख जिल्ला अधिकारीले फणीन्द्र मणि पोख्रेलले मत्स्य पालन परम्परागत भन्दा आधुनिक प्राविधिकबाट गर्न कृषकहरुलाई आग्रह गर्नु भयो । मत्स्य पालन ब्यवसायको लागि प्रदान हुने अनुदान मत्स्य कृषकको हातमा पुगोस र सदुपयोग होस प्रजिअ पोख्रेलले बताउनु भयो । बारा जिल्लामा प्राकृतिक पानीको मुहान प्रसस्त रहेकोले माछापालनको प्रचुर संभावना रहेको वहाले बताउनु भयो ।
नेपाल मत्सय ब्यवसायी संघ बाराको अध्यक्ष जंगबहादुर साहको अध्यक्षतामा सम्पन्न उदघाटन शत्रमा मत्स्य ब्यवसायी संघको केन्द्रिय सद्स्य मदुसुदन अधिकारी ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना सुपरजाेनका संयाेजक रामकिशाेर यादव , प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना सुपरजाेनका प्रमुख सुरेन्द्र यादव , तामागढी साझेदारी बन ब्यवस्थापन समितिको अध्यक्ष रबिन्द्र चौधरी , उधाेग वाणिज्य संघ काेल्हवीका अध्यक्ष महेश कुमार साह , सपही कौलेजको अध्यक्ष रामप्रसाद चौधरी , गाेबिन्द पाैडेल लगायतले अधिबेशनको शुभकामना व्यक्त गर्नु भएको थियो । उदघाटन शत्रको कार्यक्रम संचालन संजय चौधरी र स्वागत मन्तव्य बिरेन्द्र चौधरिको रहेको थियो ।

















