कलैया,बाराको कलैयामा बुधवार एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरका ७ वर्षिय संजित साह रहेका छन् ।घर नजिकै रहेको छठघाट पोखरीमा डुबेर गम्भीर घाइते भएको अवस्थामा साहलाई स्थानीयहरुले देखेका थिए ।प्रहरीका अनुसार स्थानियहरुले उनलाई थप उपचारका लागि कलैयास्थित आशिर्वाद हस्पिटलमा लगेका थिए । हस्पिटलमा लग्ने क्रममा बाटोमै साहको मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply