बीरगंज २७ कार्तिक ।
डि.ए.भी.आर.बी. केडिया विद्यालय द्वारा संचालन श्री शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिताको नगर प्रमुख राजेशमान सिंहद्वारा एक समारोहका विच समुद्घाटन भएको छ ।

डिएभी स्कूलको प्रा·णमा केडिया परिवारका अग्रज सुनिल केडियाको अध्यक्षतामा सो कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका सह अध्यक्ष डा.बिजय अग्रवाल, विद्यालय व्यवस्थापनका सौरभ केडिया, भिखमचन्द अग्रवाल, अतिथिहरुमा पशुपति विक्रम शाह, मधु राणा, उषा राणा, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, सञ्चारकर्मी तथा सहयोगी संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयको प्रधानाध्यापक राकेश मिश्राले दिनु भएको थियो भने शिक्षिका सुशिला शेर्पाले स्व.शंकरलाल केडियाको जिवनीमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम संचालन शिक्षिका मेघा दाधिचले गर्नु भएको थियो । आज भएको पहिलो खेलमा लोटस एकेडेमी सिमराले डि.ए.भी. स्कूललाई १५ गोलको विरुद्ध १ गतेलले हराएको छ । उक्त खेलमा लोटस एकेडेमीका दिल कुमार बि.क.ले म्याद अफ दि म्याचको पुरस्कार पाएका थिए ।

आजै भएको दोश्रो खेलमा न्यू एकता स्कूल सिमराले लिटिल फ्लावर स्कूल परवानीपुरलाई ७ को विरुद्ध १ गोलले पराजित गरेको छ । सो खेलमा न्यू एकता स्कूलका कौशव श्रेष्ठले म्याद अफ द म्याच को उपाधि पाएका थिए 

भोलीको पहिलो खेल जि.एच.पी. स्कूल र साउथ जोन स्कूलको विचमा हुने छ भने दोश्रो खेल मनकामना मा.वि. तथा जीवन ज्योति मा.वि.को विचमाहुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here