वीरगन्ज,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले नेपाल पत्रकार महासघ पर्साका पत्रकार सदस्यहरुलाई कोभिड –१९ को संक्रमणबाट बच्नको लागि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने औंषधि वितरण गरेको छ ।
नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षमा संचालन गरिएको कार्यक्रममा पत्रकारहरुको लागि आयुर्वेद औंषधि काढा वितरण गरिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र वीरगनज पर्साका प्रमुख डा. रमेश मिश्राले अध्यक्ष तिवारीलाई आयुर्वेद औंषधि हस्तान्तरण गर्नु भएको थियो ।
स्वास्थ्य औंषधिमा गिलोय चुर्ण १ डिब्बा, अमृत क्वाथ चिया १ डिबा र अश्वगन्धा चुर्ण १ डबाको सेट १ सयवटा बितरण गरिएको अध्यक्ष तिवारीले बताउनुभयो । सो कार्यक्रममा बैद्य निरीक्षक दिनेश साह, पत्रकार महासघ पर्साका महिला उपाध्यक्ष सुश्मा शर्मा, उपाध्यक्ष युवराज खड्का, सचिव भुषण यादव लगायतकाको उपस्थिति रहेको थियो ।