माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल(प्रचण्ड) तेश्रो पटक यो देशको कार्यकारी पदमा पुगेका छन् । नेपालमा उनले करिब दश बर्षको सशस्त्र संघर्ष संचालन गरेपछि भएको शान्ति प्रकृयापछि उनी देशको कार्यकारी पदमा यस पटक तेश्रो पटक पुग्न सफल भएका हुन् । यद्यपी यो तेश्रो कार्यकालका लागि भने उनले निकै संघर्ष गर्नुपरेको देखिन्छ । नेपाली काँग्रेसबाट साथ र सहयोग नपाएपछि उनले पुरानो सहयात्री दल एमाले रोजेका हुन् ।एमालेकै समर्थनमा अहिले उनी अन्य केही साना दल सहित सरकारको नेतृत्वमा छन् । उनआ गाडि अब मुलुकलाई समृद्ध बनाउने र आफ्नो कार्यकाल फलदायी बनाउने जिम्मेवारी छ । यसअघिको दई कार्यकाल उनका लगि जे भएपनि यसपाली भने अवसर आएको छ । त्यसो त यसअघि पनि अवसर थियो तर उनले सदुपयोग गर्न नसकेकै हुन् ।यस पटक अब प्रचण्डले आफूले मात्र नभइ आफ्नो मंत्री परिषदमा रहेका सदस्यहरुलाई समेत काममा केन्द्रित गर्नुपर्ने छ । उनको मंत्री परिषदमा नया अनुहार पनि भएकाले उनीहरुलाई पनि काम गर्नुपर्ने छ र यसका लागि अवसर पनि दिनुपर्नेछ । त्यसैले पनि अबको समय प्रचण्ड र उनका मंत्रीहरुका लागि काम गर्नुपर्ने समय आएको छ गफ भने कम गर्नुपर्नेछ ।

Leave a Reply