नरेश गुप्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले बारामा एक जना प्रहरी जवानलाई घुस रकम सहित पक्राउ गरिएको हो । आयोगको टोलिले कलैया स्थित सिदेश्वर स्थित मन्दिरमा घरेलु मदिरा उत्पादन गर्ने एक जना ब्यक्ति संग घुस रकम मांगेको अधारमा प्रहरी जवान सरोज यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका यादव जिल्ला प्रहरी कार्यलय बारामा घुमवा प्रहरि रहेको थियो । यादवलाई अडियो रेकर्डको अधारमा घुस रकम रु १५ हजार मदिरा उत्पादन गर्ने संचालक संग मागेको उजुरी अख्तियारमा परे पछि अख्तियारको टोलिले उनलाई बुधबार कलैया बाट पक्राउ गरिएको हो । पक्राउ परेका प्रहरी जवान यादवलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलय हेरौडा लगिएको अख्तियारले जनाएको छ ।