वीरगन्ज,वीरगन्ज महानगरपालिकाले आफ्नो नगरवासीहरुको जीवन रक्षाका लागि खोप खरिद गर्ने निर्णय गरेको छ । सरकारले खोप समयमा उपलब्ध गराउन नसकेपछि महानगरपालिका आफैले खोप खरिद गर्ने निर्णय गरेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजयकुमार सरावगीले जानकारी दिनुभयो । उहाँले एक लाख डोज खोप खरिदका लागि अनुमति प्रदान गर्न स्वास्थ्य मन्त्री समक्ष माग गर्नुभएको छ । सरकारले तोकेको सबै मापदण्डहरु पूरा गरेर आफूहरु खोप खरिद गर्न तयार रहेको र सरकारले दिएको गाइडलाइन अनुसार नै नगरबासीलाई खोप लगाइने पनि नगर प्रमुख सरावगीले स्पष्ट पार्नुभएको छ । उहाँले कोरोनाका कारण वीरगन्ज समेत आक्रान्त रहेको र आफू जनताको प्रतिनिधि भएका नाताले आफ्ना नागरिकहरुको जीवन रक्षा गर्नु आफ्नो कर्तव्य भएकाले वीरगन्ज महानगरबासलाई खोप लगाउन अति आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ । नगर प्रमुख सरावगीले अमेरिकी र रसियन खोप राम्रो रहेको र सरकारले अनुमति दिएको खण्डमा मगाएर नगरबासीलाई लगाउने बताउनुभयो । उहाँले ५÷७ करोड खर्च गरेर भएपनि खोप ल्याएर नागरिक बचाउन बताउनुभयो ।

ती देशमा प्राइभेट कम्पनीहरुले नै खोपको डिल गरिरहेको र आफूसँग ती कम्पनीसँग डिल गर्न सक्ने संयन्त्र रहेको उहाँको भनाइ छ । ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को कारण लाखौं नागरिक संक्रमित र हजारांैको संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ । आम जनताको जीवन रक्षाका लागि खोप मात्र कोभिड विरुद्धको लडाई जित्न सक्ने अस्त्र बनेको छ । सबै नागरिकसम्म खोप पु¥याउन सरकारको तर्फबाट भएका प्रयास ठोस प्रभावकारी हुन सकेको छैन ।’ महानगरले स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here