सिमरा,पर्सा प्रहरीले लागूऔषध नाइट्राभ्याटसहित बिहीवार वीरगञ्जबाट बाराका दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का २५ वर्षीय सुरज साह कलवार र २० वर्षीय सलमान अंसारी रहेका छन् ।प्रहरीले उनीहरुलाई वीरगञ्ज २५ खल्वाटोलस्थित सडकबाट ३८ पत्ता नाइट्राभ्याटसहित नियन्त्रणमा लिएको हो । पैदल हिडिरहेका उनीहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गर्ने क्रममा नाइट्राभ्याट बरामद भएको पर्साका प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिनुभयो ।पक्राउ परेका उनीहरुमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply