डुमरवाना,नेकपा एमालेभित्र आधिकारिकताको नाममा विबाद चलिरहेको बेला सो पार्टीको बाराका कार्यकर्ताहरुमा भने अन्यौलता बढेको छ । पार्टीमा पछिल्ला दिनमा देखा परेको विबादका कारण बारामा पनि एमालेकोे समानान्तर जिल्ला कमिटी गठन भएपछि कार्यकर्ता र पार्टी सदस्यबीच गहिरो मत भिन्नता देखिएको हो ।

अध्यक्ष केपी समुहले बलवीर चौधरीलाई जिल्ला अध्यक्ष बनाएको छ भने माधब समुहबाट सुन्दर बिश्वकर्मा अध्यक्ष रहनुभएको छ । माधब समुहको केहीदिन अघि बसेको जिल्ला कमिटी बैठकले देवनारायण चौधरीलाई कार्यबहाक अध्यक्ष तोेकेको छ । प्रधानमन्त्री केपी ओली समुहले पनि बलवीर चौधरीलाई हालै मात्र अध्यक्ष तोकेको हो ।

दुबै समुहले आफुलाई आधिकारिक एमाले दावी गर्दै समानन्तर कमिटी गठन गरेका हुन । पार्टीभित्र शुरु भएको विवादका कारण कार्यकर्तामा भने नेकपा निराशा र अन्यौलता छाएको छ । यता केपी समुहका बारा अध्यक्ष चौधरी भने सर्वोच्च अदालतको फैसला र पार्टीको ९ औं महाअधिवेशनबाट अध्यक्ष चुनिनुभएका केपी ओली अर्को महाधिवेशन नभएसम्मको लागि पार्टी अध्यक्ष रहने भएकोले उहाँले नेतृत्वमा रहेको पार्टी नै आधिकारिक भएको दावी गर्नुहुन्छ ।

तर नेकपा माधब समुहका बारा जिल्ला सहईन्चार्ज दिनेश राईले भने पार्टी पद्धतिअनुसार बहुमत सदस्यहरु आफुहरुसंग रहेकोले बारा जिल्लामा आफनो समुह नै आधिकारिक नेकपा एमाले भएको बताउनुहुन्छ ।

Leave a Reply