सिमरा,आगामी चैत्र पहिलो साता सुरु हुने जीतपुरसिमरा क्रिकेट कपको विजेताले एक लाख रुपैया पुरस्कार पाउने भएको छ ।आयोजक अभियान नेपालले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । आयोजकका अनुसार चैत्र ३ गतेदेखि जीतपुरसिमरा– ४ स्थित औराहमा हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

राउन्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा आयोजकसहित ६ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक टिम जीतपुरसिमरा स्पोर्ट्स क्लब, बारा, मकवानपुर, पर्सा, चितवन, रुपन्देहीको सहभागिता रहने संयोजक सोमलाल बम्जनले जानकारी दिनुभयो ।चैत्र १० गतेसम्म आयोजना हुने प्रतियोगिताको प्लेयर अफ दि सिरिजले १० हजार नगद र उत्कृष्ट बलर तथा ब्याट्सम्यानलाई समेत पुरस्कृत गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, एमाले युवा नेता त्रिलोकविक्रम साह, रवीन्द्र खकुरेल, अभियान नेपालकी अध्यक्ष लक्ष्मी तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply