निजगढ,निजगढमा कोभिड हेल्पलाइन सुरु गरिएको छ । निजगढ युवा संजालले घरदैलो परामर्श सहित कोभिड हेल्पलाइन सुरु गरेको हो । संजाल सुरु गरेको सेवाबाट बिहिबार र शुक्रबार गरी गरी वडा नम्बर ४, वडा नम्बर ५ र वडा नम्बर ११ का करिब १२० घर सर्वसाधारण प्रतक्ष्य लाभान्वित भएका छन भने करिब आठ सय स्थानीयलाई मास्क वितरण गरिएको छ । त्यसैगरी संजालले नगरपालिकाका विभिन्न वडाहरुमा रहेका कोरोना संक्रमित र कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका मानिसहरुको विबरण नगरपालिका कार्यालयमा बुझाउने गरेका छन ।

अभियान अन्तरगत संजालका युवाहरुले गरिब तथा विपन्न परिवारको घरघरमै पुगेर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने, सामान्य रुघाखोकी र ज्वरो आएकाहरुलाई आवश्यकता अनुसार औषधि र मास्कसमेत वितरण गर्ने गर्ने गरेको छ । त्यसैगरी युवाहरुले सर्वसाधारणको ज्वरो, अक्सिजन लेभल नाप्ने र स्वास्थ्य सेवा प्रदान गर्ने गरेको संजालका संयोजक श्याम साहले जानकारी दिनुभयो । निजगढ नगरपालिकामा सङ्क्रमणको अवस्था बुझ्न नगरपालिका कार्यालयबाट अनुमति लिएर युवा संजालले हेल्पलाइन सेवा सुरु गरेको उहाँले बताउनुभयो ।

Leave a Reply