सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पचरौता नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २८ का प्रदिप साह कलवार रहेका छन । सिम्रौनगढको बसवरिया प्रहरी चौकी अगाडि नहर रोडमा विपरित दिसाबाट आएको बिआर व ५ ए एल ७०८३ एचए नम्बरको भारतीय मोटरसाइकलसंग ठोक्किदा बिआर व ५ वाइ ५५७८ नम्बरको मोटरसाइकलमा सवार कलवारको मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालक भारतको अठमोहान बस्ने २३ बर्षिय रामपुकार महतो नुनियालाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा नुनिया पनि सामान्य घाइते बनेका छन । उनको टाउकोमा चोट लागेको र हाल उनलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिनुभयो । प्रहरीका अनुसार भारतबाट मदिरा सेवन गर्न नेपाल आएका नुनियाले चलाएको मोटरसाइकल अनियन्त्रित हुदा दुर्घटना भएको हो । भारतको बिहारमा रोक लगाइएपछि मदिरा सेवन गर्न नेपाल आउने भारतीयहरुको संख्या बढदो छ । यसरी आउने भारतीय नागरिकका कारण नेपालमा दुर्घटना र अपराधजन्य घटनासमेत वृद्धि भएका छन ।