छिमेकी प्रदेश भनौं, बागमतीको राजधानी हेटौंडामा दुईजना जनप्रतिनिधिमाथि आक्रमण भयो ।आफ्नो नगरका नागरिकहरुले आक्रमण गरेपनि नगरेपनि यसरी जनप्रतिनिधिमाथि आक्रमण हुनु राम्रो क्ुरा होइन । त्यसो त मधेस प्रदेशको मात्रै कुरा गर्ने हो भने पनि यहाँ जनप्रतिनिधिहरु आक्रमणको सिकार नै भइरहेका छन् ।
रौतहटमा शनीवार मात्रै एकजना मेयरमाथि आक्रमण भएको छ । बाराको पनि केही घटनाहरु छन् । नगरवासीहरुबाट नै मेयर वा अरु कोही जनताका प्रतिनिधि आक्रमणको सिकार हुनु दुःखद नै हो ।
यसमा दुईवटा कुरा हुन सक्छन् । एक त जनताको इच्छा अनुसार जनताका प्रतिनिधि नचलेको हुन सक्छन् र दोश्रो जनताले भने जसरी जनप्रतिनिधिले गर्न नमिलेको पनि हुनसक्छ । यो कुरा जनताका प्रतिनिधिहले बुझाउन जरुरी छ । जनतालाई नै कुरा बुझाउन नसक्ने हो भने फेरि दोषी जनप्रतिनिधिहरु नै हन्छन् । त्यसैले चुनावबाट जितेपछि बढी जिम्मेवार जनप्रतिनिधि नै बन्ने हो ।जनतालाई दोषी देखाएरत यसै भएन । जनतले पनि कम्तीमा मेयर वा अन्य जनप्रतिनिधिहरुको काम कर्तब्य चैं बुझ्न जरुरी छ । गर्न नै नसक्ने कामको जिम्मा दिइयो भने फेरि समस्या हुन्छ । अनियमितता गर्नका लागि उक्साउन पनि हु्ँदैन । त्यसैले दुबै पक्षको संयमता भयो भने यो समस्या समाधान होला ।

















