स्थानीय स्तरमा निषेधाज्ञा लगाइएको एक महिना पूरा भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै बारा र पर्सा आसपासमा पनि बिगत केही महिनादेखि निरन्तर निषेधाज्ञा जारी छ । गएको वर्ष कोरोना बिरुद्ध लड्नका लागि लडकडाउन लगाइएको थियो तर त्यत्तिबेला हप्ता दिन पनि नहुदै राहत वितरण शुरु गरिएको थियो र जसका कारण थप राहत जुटाउन निकै कठिन भएको थियो ।
तर, यसपाली यसो गरिएन । यो सकारात्मक पक्ष हो । यद्यपि पछिल्ला केही दिन यता राहतको नाउमा र निःशुल्क भोजनको नाउमा पनि राजनीति भएको पाइएको छ । जे भएपनि भोको पेटलाई खान दिनु मानवीय कार्य नै हो । यसमा धेरै टिकाटिप्पणी नगरौं यद्यपि वास्तविक पीडितहरुले राहत पाएका छन् कि छैनन् । अब समीक्षा सहित ख्याल गर्न पर्ने बेला भएको छ ।
दैनिक काम गरेर छाक टार्नेहरुलाई समस्या हुन सक्छ । हुनत त अहिले स्थानीय सकार छ । नागकिरहरुको घरघरमा नै स्थानीय सरकार छ भन्दा पनि फरक पर्दैन । किनभने एउटा वडामा जनताले जिताएका पाँचजना जनप्रतिनिधि छन् । त्यसैले पनि उनीहरुले आम नागरिकहरुको पीडा बुझ्नु पर्दछ । तैपनि अब राहतको बिषयमा भने सबैले ध्यान दिन भने आवश्यक देखिएको छ ।