वीरगन्ज,वीरगन्ज महानगरपालिकालाई शिवशक्ति ग्रुपले ६ लाख ८९ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ । शवशक्ति ग्रुपले मंगलबार नगर प्रमुख विजयकुमार सरावगीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । ग्रुपले ३६० बोरा चामल, एक हजार किलो दाल र सोयाबिन तेल एक सय लिटर सहयोग गरेको हो । कोरोना महामारीका कारण रोजगारी गुमाएर रोजीरोटीमा समस्या परेकाहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री सहयोग गरिएको शिवशक्ति ग्रुपका प्रशासकीय अधिकृत महेशजंग पाण्डेले जानकारी दिनुभयो । खाद्यान्न सामग्री बुझ्दै नगर प्रमुख सरावगीले विषम परिस्थितिमा आएको सहयोगबाट लक्षित वर्गले नै लाभ लिने बताउनुभयो ।
वीरगन्जमा रेल्वे कटेज, साहेब दरबार सेवा संस्था, सानो पाइला, हन्ड्रेड ग्रुप्सलगायतका संघ संस्थाले रोजगारी गुमाएका विपन्न वर्गलाई लक्षित गरी निःशुल्क भोजन अभियान सञ्चालन गरेका छन् । महानगरपालिकाले त्यस्ता संघ संस्थालाई खाद्यान्न सहयोग गरिरहेको छ ।