नेपालमा फागुन २१ का लागि घोषणा भएको निर्वाचनको मिति नजिकिदैछ । धेरैले विश्वास नगरेको तर आवश्यक ठानेको चुनावको दिन अब आउन लगभग दुई हप्ता मात्रै छ भन्दा पनि हुन्छ ।दिनको हिसावले दुई हप्ताको समय भएपनि यसैमा मौन अवधि पनि पर्ने भएकाले पनि १५ दिनकै हिसाव गर्दा उचित होला । अब देशमा कुनै विपत्ति आइलाएन भने चुनाव तोकिएकै समयमा हुनेछ र अहिले देशभर नै चुनावका गतिविधिहरु व्यापक भइरहेका छन । देशमा नयाँ पुराना भनिएका सबै दलहरु चुनावमा होमिएका छन । निर्वाचन आयोगले पनि तयारी गरिरहेको छ ।

तर, चुनावका लागि अति महत्व मानिने मतदाता शिक्षा कार्यक्रम भने संचालनमा ढिला भइरहेको जस्तो देखिन्छ । हुनत निर्वाचन आयोगले आगामी फागुन तीन गतेबाट यो अभियान संचालन गर्ने पनि कुरा गरिसकेको छ तर यसलाई अलि बढी व्यापक गर्न जरुरी छ । एकजना उम्मेदवारका लागि एउटा मतको पनि महत्व रहन्छ । कसैले भोट बदर नगरुन भनेर यो अभियान चलाउन आवश्यक छ ।

त्यसो त यो केवल निर्वाचन आयोगको मात्र कुरा त होइन । यसमा राजनीतिक दलहरुले पनि साथ दिन आवश्यक छ । दलहरुले पनि मतदाता शिक्षा कार्यक्रम आफनो अभियानसंगै संचालन गर्न पनि जरुरी छ । जति भोट बदर भयो, त्यसले उम्मेदवारलाई नै घाटा हुने हो ।
त्यसैले पनि उम्मेदवारले पनि यसमा ख्याल गर्न जरुरी छ र अब संयुक्त रुपमा यो अभियान संचालन गर्न आवश्यक छ ।

Leave a Reply