कृपा संवाददाता
बिरगंज – विधुत चुहावट नियन्त्रण टोलीले अहिले पछिलो समयमा कडाई गरेकाले १७ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा विधुत प्राधिकरण पोखरियाको सयुक्त टोलीले विधुत चोरी गर्ने १७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन् । प्राधिकरण तथा प्रहरीले पर्साको विभिन्न स्थानहरुबाट विधुतको मुख्य तारमा हुक लगाई विधुत चोरी गरी प्रयोग गर्ने १७ जनालाई नियन्त्रणमा लिएका छन् ।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ बस्ने सुरूज महरा , जोखु माझी , अरुण महतो , जुमन मिया , अलख प्रसाद यादव , ईस महमद मियाँ , खलिल मिया , हरी माझी , बली माझी रहेका छन् । त्यसैगरी पर्सागढी नगरपालिका वडा नम्बर ७ बस्ने शिव चन्द्र दास ,सुरेन्द्र सहनी विधुत चुहावट नियन्त्रण टोली पक्राउ गरेको बारे जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।
साथै विधुत चुहावट नियन्त्रण टोलीले पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने मुनिलाल दास , सोहि गाउँपालिकाको वडा नम्बर ५ बस्ने कृष्ण माली भगत , रूपेश मुखिया , मुकेश मुखिया रहेको प्रहरीले जनाए । त्यसैगरी बिन्दवासिनि गाउँपालिकाको वडा नम्बर ६ बस्ने जय करण सिंह र बहुदरमाई नगरपालिका वडा नम्बर २ बस्ने पप्पु प्रसाद पटेललाई विधुत चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको बारे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिए । पक्राउ परेकाहरुलाई कानुन बमोजिम आवश्यक कार्वाही हुने प्रहरी उपरिक्ष पन्तले बताए ।