कांग्रेस जिताउने अभियानमा लागौ“- नेता रिजाल
बीरगंज, १५ भदौ ।
‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान अन्तर्गत बुधबार बारा जिल्लाको महागढीमाई नगरपालिकामा बृहत कार्यक्रम आयोजना भएको छ ।

जिल्ला कार्यसमिति बाराको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पार्टीका केन्द्रीय सदस्य रमेश रिजालले आउ“दो मंसिर ४ गते हुने निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी बनाउने गरी होमिन कार्यकर्तालाई निर्देशन दिए । अहिले देशैभर नेपाली कांग्रेसको माहोल सौहार्दपूर्ण रहेकाले घरघरमा पुगेर कांग्रेसलाई जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गरेका हुन् ।

संघ र प्रदेशको निर्वाचनको मिति नजिकि“दै जा“दा नेपाली कांग्रेसले ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान नै चलाउ“दै जनताको घरघरमा पुग्ने प्रयास गरिरहेको छ । कार्यक्रमका बीच केन्द्रीय सदस्य रिजाललाई महानगढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले मायाको चिनो प्रदान गरेर सम्मान गरेकाथिए ।

कार्यक्रममा पार्टीका प्रदेश उपसभापति चन्द्रशेखर यादब, जिल्लाउपसभापतिमनोज भट्ट, सचिव राजेश रौनियार, पूर्व सभापतिभोलाचौरसिया, पूर्व जिविस सभापति राजेन्द्र यादव, जय नारायण यादवलगायतको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन भैयाराम यादबले गरेका छन् ।

Leave a Reply