वीरगन्ज,निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा पर्सा प्रहरीले वीरगन्जका बिभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज १० का प्रिन्स श्रीवास्तव, वडा नम्बर १७ का सन्देश जैसवाल, वडा नम्बर ४ आषिस गुप्ता, वडा नम्बर ९का बन्टीबाबु गुप्ता, वडा नम्बर ११ सोनू श्रेष्ठ, वडा नम्बर १३ का मनिष गुप्ता, .वडा नं.७ बस्ने सुरज गुप्ता, वडा नम्बर २ बस्ने भोलाप्रसाद कलवार, वडा नम्बर १३ बस्ने नसिम अख्त्तर,.वड नं.११ बस्ने बलरामप्रसाद सोनार,.वडा नं.१७ बस्ने रुपेश कुमार सर्राफ,.वडा नं.१० बस्ने शेख नजिर,.नुवाकोट तार्केश्वर गाउपालिका.वडा नं.३ बस्ने गोपाल तामाङ्ग र बिकाश तामाङ्गलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाँण्डेले जानकारी दिनुभयो । उनीहरुले निषधाज्ञाको समयमा बिभिन्न व्यवसाय तथा होटलहरु संचालन गरेर बसेकाले नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई निषेधाज्ञा अवधिभर पसल संचालन नगर्ने शर्तमा छाडिएको पनि उहाँले जानकारी दिनुभयो ।