डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ की सुन्ता चौधरी मोटरसाइकल दुर्घटनमा घाइते बनेका आफनो छोरा अन्जय चौधरीको उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
सिमरास्थित हुलास स्टील कारखानामा काम गरेर घर फर्किने क्रममा गत महिना मोटरसाईकलले ठक्कर दिदा उनका छोरा अन्जय दुबै खुटा र टाउकोमा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकलका चालक शेख सेराजको परिवारले चौधरीको उपचारमा १ लाख रुपैयामात्र खर्च दिएको र थप रकम दिन नमानेपछि उपचार गर्न नसकेर चौधरी परिवार समस्यामा परेको छ । कमजोर आर्थिक अवस्थाका कारण थप उपचार खर्च बेहोर्न नसकेको चौधरीका आमा सुन्ताले बताउनुभयो ।
चौधरी हुलास स्टीलमा ठेकदारको तर्फबाट दैनिक ज्यालादारीमा काम गर्दै आउनुभएको थियो । आमा सन्तुका अनुसार हालसंम्म वडा नम्बर २ वडा कार्यालय, र स्थानीयको सहयोगमा औषधि उचार गराइएको हो । यता इलाका प्रहरी कार्यलय सिमराले भने ठक्कर दिने मोटरसाइकल चालक शेख सेराजमाथि कानुनी कारबाही सुरु गरिसेको बताएको छ ।