काठमाण्डौ – नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने काममा संलग्न भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाण्डौले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले हिजो बुधवार राति बुटवलबाट पक्राउ गरी बिहीवार जिल्ला अदालत काठमाण्डौमा म्याद थपका लागि पेस गरेको थियो ।सन्दीप नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । रायमाझीसहित यस प्रकरणमा आठ जना पक्राउ परिसकेका छन् । हिजो पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । उनीमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।



















