नरेश गुप्ता

बरियारपुर,आमसंचार प्राधिकरण प्रदेश नम्बर २ र मिडिया काउन्सिलको पहलमा नेपाल पत्रकार महासंघ बारा शाखालाई सोमबार स्वास्थ्य सुरक्षा कीट प्रदान गरिएको छ । आमसंचार प्राधिकरण प्रदेश नम्बर २ का अध्यक्ष श्यामसुन्दर यादव र मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले नेपाल पत्रकार महासंघ बाराका कार्यवाहक अध्यक्ष रामबाबु मेहतालाई एक सय उन्ननतिस थान स्वास्थ सुरक्षाकीट हस्तान्तरण गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ बारा शाखामा आवद्ध महासंघका साधारण सदस्यहरुलाई १÷१ थान पुग्ने गरी स्वास्थ्य किट प्रदान गरिएको हो ।

बढ्दो कोरोना महामारीमा संचारकर्मीहरुको स्वास्थ सुरक्षा सतर्कता अपनाउन मास्क, स्यानिटाईजर, ग्लोभसलगायतको सामग्री हस्तान्तरण गरिएको थियो । त्यसैगरी महासंघ बारा शाखालाई एक थर्मल गन, एक थान अक्सिमिटर पनि प्रदान गरिएको छ । कोरोना महामारीमा पनि समाचार संकलन गर्ने क्रममा खटने संचारकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर झोलासेट कीट प्रदान गरिएको महासंघ बाराका कार्यवाहक अध्यक्ष रामबाबु मेहताले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बाराले गठन गरेको क्विक रिस्पोन्स टिमले आआफ्नो क्षेत्रमा रहेका संचारकर्मीहरुको घरघरमा पुर्याएर उक्त सामग्री प्रदान गरिने महासंघ बारा शाखा सचिव अनिल गौरवले जानकारी बताउनुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघ बारा शाखाका कोषाध्यक्ष श्याम गुप्ता, कार्यसमिति सद्स्य पन्नालाल दास, नरेश गुप्ता, अनिल पाण्डेलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply