कलैया,बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट जालसाजी मुद्दामा ६ हजार २ सय ५० रुपैँया जरिवाना भई फरार भएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर ७ बेनौली घर भई हाल कलैया उपमहानगरपालिका– १ मोतिबाग बस्ने ५० बिजुलीप्रसाद साह रहेका छन् । उनलाई लुकिछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।पक्राउ परेका साहलाई आवश्यक कारबाहीकोलागि जिल्ला अदालत बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply