वीरगन्ज,वीरगन्जको नारायणी अस्पातलमा बिग्रिएको डाइलासिस मेसिन संचालनमा आएको छ । बिग्रिएर काम नलाग्ने अवस्थामा रहेका तीनवटा डाइलासिस मेसिन बनाएर पूर्ण रुपमा संचालनमा ल्याइएको नारायणी अस्पतालकाले जनाएको छ । नारायणी अस्पतालमा कोरोना संक्रमणको दर बढ्दै गएपछि अस्पतालले जम्मा ६ वटा डाइलासिस मेसिन मध्ये दुईवटा कोभिडका बिरामीका लागि भनेर छ्ट्टाएको भएपनि तिनै मेसिन बिग्रिएका कारण मृगौला रोगबाट पीडित रहेका कोरोना संक्रमण पीडित भएका बिरामीहरु मारमा परेका थिए । यो बीचमा उपचार अभावका कारण केही मृगौला पीडितहरुको मृत्यु समेत भएको थियो । स्वास्थ्य मंत्रालयबाट थप एकथान डाइलासिस मेसिन समेत मगाएर आफूहरुले हाल सेवा दिइरहेको र अब नारायणी अस्पतालमा डाइलासिसको कुनै समस्या नरहेको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन डा. बीरेन्द्र प्रधानले बताउनुभयो । उहाँले हाल अस्पतालमा ८ वटा डाइलासिस मेसिन चुस्त अवस्थामा रहेको पनि जानकारी दिनुभयो ।

Leave a Reply