वीरगन्ज,नेपाल पत्रकार महासङ्घ पर्सा शाखा वीरगन्जले स्थापना गरेको “पत्रकार राहत विपत कोष”मा वीरगन्ज उद्योग वाणिज्य सङ्घले नगद तथा कोरोना नियंत्रण सम्बन्धि स्वास्थ्य समाग्री सहयोग गरेको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घले बिहिबार आफ्नै सचिवालयमा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले एक कार्यक्रम आयोजना गरी चेक तथा सेनेटाईजर, फेससिल्ड, मास्क आदि सामग्री नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई हस्तान्त्रण गर्नु भएको थियो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल तथा नेपाल पत्रकारका महासङ्घ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा, पर्साका प्रदेश प्रादेशिक सदस्य प्रणय कुमार, महासङ्घ, पर्साका महिला उपाध्यक्ष सुष्मा शर्मा, कोषाध्यक्ष संजीव मिश्र महासङ्घको उपस्थिति रहेको थियो । यसैबीच नेपाल पत्रकार महासंघ पर्साको कोरोना राहत कोषमा प्रदेश नम्बर २ की सासंद अन्जु यादवले सहयोग प्रदान गर्नुभएको छ । उहाँले नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलाई ७ बोरा चामल, १४ किलो दाल, ७ लिटर तेल र नुन हस्तान्तरण गर्नु भएको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको निषेधाज्ञाबाट प्रभावित पत्रकारको राहत कोषमा सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो । राहत कोषमा इच्छुक व्यक्ति, सरकारी तथा निजी संघ–संस्थाहरुले आवश्यक रकम तथा समाग्रीहरू सहयोग गरिदिन हुन नेपाल पत्रकार महासंघ पर्साले सार्वजनिक अपील गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here