काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ । शुक्रबार ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आइतबार घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एकैदिन सुन र चाँदी दुवैको मूल्य घटेपछि बजारमा बहुमूल्य धातुको कारोबार प्रभावित हुने देखिएको छ ।

Leave a Reply