वीरगन्ज,सरकारले किसानको धान खरिद नगर्दा पर्साका किसानले सस्तो मूल्यमा बिचौलियालाई धान बिक्री गर्न बाध्य भएका छन ्।

किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा पर्सा जिल्लाका किसान सस्तो मूल्यमा बिचौलियालाई धान बेच्न बाध्य भएका हुन ्। उनीहरूले सरकारी समर्थन मूल्यभन्दा ७ सयदेखि ८ सय प्रति क्विन्टल घाटा व्यहोरेर धान बिक्री गर्नुपरेको पर्सास्थित जगरनागपुर गाउँपालिकाका किसान सैदुल अख्तरले गुनासो गर्नु भएको छ ।

सरकारले खरिद नगरेपछि बाध्य भएर व्यापारीलाई कम मूल्यमै धान बेच्नुपरेको उहाँको गुनासो छ । सरकारले यसपाली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३१ सय ६५ रूपैयाँ तोकेको छ । समर्थन मूल्य तोक्ने तर धान भने ढिलो गरी खरिद गर्ने सरकारी रबैयाका कारण वास्तविक किसानले भन्दा पनि बिचौलिया र ब्यापारीले त्यसको फाइदा उठाइरहेको कृषकहरुको भनाइ छ ।

गरिब किसानले गहुँ खेतीका लागि चाहिने मल बिउ खरिद गर्न दैनिक समस्या समाधान गर्न पनि छिट्टै धान बिक्री गर्नुपरेको जगरनाथपुर गाउँपालिकाकै अर्का किसान महमुद अन्सारीले बताउनुभयो । आफूहरुसंग ब्यापारीले नै प्रतिक्विन्टल २४ सय रुपैयाँमा धान खरिद गरिरहेको पनि उहाँले बताउनुभयो ।

 

सरकारले अहिलेसम्म पनि धान खरिद नगर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयदेखि जिल्ला प्रशासनसम्म धायर पहल गर्दा पनि सुनुवाइ नभएको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरूम गद्दीले बताउनुभयो । किसानको धान खरिद गर्न सरकारले प्रतिक्विन्टल ३१ सय ६५ मूल्य तोकेको छ तर ब्यापारीले २४ सयमै खरिद गरेर किसानलाई लुटिरहेको उहाँको तर्क छ । यद्यपि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय वीरगन्ज भने किसानको धान खरिद गर्नेबारे हालसम्म कुनै किसिमको सूचना नआएकाले धान खरिद गर्न नसकिएको बताउँछ । मन्त्रालयबाट निर्देशन पाएलगत्तै धान खरिद प्रक्तिया अघि बढाउने वीरगन्जस्थित कम्पनीका सूचना अधिकारी समीर दाहालले बताउनुभयो ।

Leave a Reply