आइतबार वीरगन्जका एकजना शिक्षक बिनोद मिश्रले उपचार नपाएर जीवन गुमाउन बाध्य भए । त्यो घटनाको बारेमा उनको छोराले सामाजिक संजालमा पोष्ट गरेपछि सार्वजनिक भयो । त्यसपछि स्थानीय र राष्ट्रिय संचारमाध्यामहरुले आदर्शले झेल्न परेको पीडा प्राथमिकता दिएर प्रकाशन गरे । आर्दश एक प्रतिनिधि पात्र भएकाले पनि संचारमाध्याममा उनको पीडाले महत्व पाएको हो ।
त्यसो त आर्दश भन्दा अघिल्लोदिन वीरगन्जमा नै रौतहटबाट उपचार गराउन ल्याइएकी एक किशोरीको पनि निधन भएको थियो । यी सबै एक प्रतिनिधि घटना हुन् । सतहमा नआएका यस्ता कयौं घटनाहरु छन् । जो सार्वजनिक भएका छैनन् । सरकारले मृगौला रोगका बिषयमा हाल लिइरहेको नीति नै परिवर्तन गर्न आवश्यक छ ।
मृगौला प्रत्यारोपणका सवालमा विद्यमान कानुन पनि परिवर्तन हुन आवश्यक छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैले दुई पटक मृगौला प्रत्यारोपाण गर्नुभएको छ । र नयाँ जीवन लिएर आज शासन सत्तामा रहनु भएको छ । त्यसैले पनि मृगौला प्रत्यारोपणको सवालमा हाल विद्यामान कानुन परिवर्तन गर्न आवश्यक छ अनि डाइलासिस सेवालाई पनि प्रभावकारी बनाउन आवश्यक छ ।