सियो वा यस्तै सानातिना वस्तुहरुसहित सशस्त्र संघर्षका ताका वीरगन्ज नाकाबाट हरितयारको समेत तस्करी हुने गरेको कुरा त पटक पटक सार्वजनिक हुदै आइरहेको थियो । सामान्य बस्तुको तस्करी हुनु त पर्सा सहितका सीमा खुला रहेका जिल्लाका लागि नौलो कुरा पनि होइन तर यहाँ त पछिल्ला दिनमा हात्तीकै तस्करी हुने गरेको कुरा आएको छ ।
हात्ती भनेको त एक त जंगलमा रहने जंगली जनावर नै हो । मानिसले आफ्नो स्वार्थका लागि केही हात्तीलाई बसमा लिएर आफ्नो रोजीरोटी सेकाइरहेका छन् र हुँदाहुँदा अब त हात्ती नै तस्करी समेत गर्ने गरेको पाइएको छ । शनिबार पर्सा प्रहरीले दुईवटा यस्तै हात्ती र यिनका माउतेलाई पक्राउ गरेपछि यस्तो रहश्यको पर्दाफास भएको हो ।
हात्तीको त के नै दोष भयो र ऊ त पशु हो । उसका लागि के नेपाल के भरात तर यिनका माउतेको पारा भने गज्जबको देखिएको छ । यसरी हात्ती तस्करी गर्दै जाने हो भने त नेपालमा रहेका जंगल जनावरहरु पनि कति तस्करी भइरहेका होलान् भन्ने कुरा यसैले पनि स्पष्ट पार्छ । जनावरको तस्करी नियन्त्रणका लागि ठोस नीति बनाउन पनि आवश्यक छ ।














