बिदुर खडका

डुमरवाना,बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य एंव नेकपा एमाले पोलिटब्युरो सदस्य ज्वालाकुमरी साहले डुमरवाना दुग्ध उत्पादन सहकारी मधेस प्रदेशकै उत्कृष्ट सहकारी संस्था भएको बताउनुभएको छ । डुमरवाना दुग्ध उत्पादन सहकारी संस्थाको २७औं साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य साहले शनिवार सो कुरा बताउनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएकी सांसद साहले कारोबार र संस्था संचालन प्रक्रियाको मूल्याङ्कनको आधारमा सहकारी संस्था मधेस प्रदेशकै एक नम्बरको संस्थाको रुपमा रहेको दाबी गर्नुभयो । उहाँले किसानको जीवनस्तर उकास्न र बोरोजगारी समस्या हल गर्न संस्थाले निर्वाह गर्दै आएको भूमिका सहनीय रहेको पनि बताउनुभयो । दुग्ध सहकारी संस्थालाई सहयोग गर्न आफू हरपल तयार रहेको पनि सुनाउनुभयो । साथै उहाँले यस्ता संस्थाको विकास र सुरक्षाको लागि सबै लाग्नुपर्ने कुरामा जोड पनि दिनुभयो ।

डुमरवाना दुग्ध उत्पादन सहकारी संस्थाले किसानहरुलाई दुध खरिदबापत किसानलाई वार्षिक २२ करोड रुपैया वितरण गर्दैआएको छ । संस्थाले स्थानीय किसानहरुबाट दैनिक ११ हजार लिटर दुध संकलन गरी देशका विभिन्न भागका उपभोक्तामा बिक्री गर्ने गरेको सहकारीका मुख्य प्रबन्धक संन्तोष भुजेलले बताउनुभयो ।

३ हजार २ सय ३७ दुध उत्पादक किसान सदस्य रहेको दुध उत्पादक सहकारी संस्थाले प्रतक्ष्यरुपमा ५० जनालाई रोजगारी समेत दिदै आएको सहकारी संस्थाको २७ औ वार्षिक साधारण सभामा भुजेलले जानकारी दिनुभएको छ ।

साधारण सभाको अवसरमा संस्थाले आर्थिक वर्ष ०७८÷७९ मा ८२ लाख २१ हजार ४ सय खुद नाफा गरेको छ । संस्थाले संञ्चरकर्मी शारदा पोखरेलसहित विभिन्न ३६ जनालाई संम्मानित गरेको छ ।

गाईपालन व्यवसायमा गरेर दैनिक रुपमा २० लिटर दुध उत्पादन गरी सहकारीमा बिक्री गर्दै आएका स्थानीय खिना कटुवालले मेहनतकोे उचित प्रतिफल नपाएको भएपनि संस्थाका कारण गाउँमा बेरोजगारी न्यूनीकरण भएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

तर यता बजारीकरणमा समस्या र संस्थाको आफ्नै दाना उद्योगहरु नभएकाले दुध उत्पादक किसानलाई संस्थाले चाहेजस्तो मुल्य दिन नसकेको बताउदै आगामी दिनमा किसानहरुको हितमा थप काम गर्ने संस्थाका अध्यक्ष टिकाराम न्यौपानेले बताउनुभयो ।

Leave a Reply