राजनकुमार बानिया,
पोखरिया, ११ भदौँ– सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्र्ट भिखमपुरको गस्ती टोलीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर– २ पककाडेपुरको सिमा नाकाबाट बुधबार बिहान भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर अवैध रुपमा ल्याउदै गरेको अवस्थामा मेसिनरी सामान बरामद गरेको छ । प्रहरीले धान काटन मसिनमा प्रयोग हुने पार्टपुर्जा र बैट्रीसमेत गरी २ लाख रुपैया बराबरको अवैध पाटपुर्जा बरामद गरेको हो ।
भारतको ईनार्वा बजारबाट बिआर २२ एसि ३५०४ नम्बरको मोटरसाईकलबाट २ वटा बाक्सामा राखेर नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा खटिएको टोलीले सामान बरामद गरेको हो । प्रहरीलाई देखेपछि तस्करहरु मोटरसाइकलसहित सामान प्रहरीलाई देखेपछि तस्करहरु मोटरसाइकलसहित सामान छोडेर भागेको प्रहरीले बताएको छ ।
प्रहरीले कम्पाईनको रेन्जपोकेट १५ थान, सुपरोस ३ सय ६ थान, बरोडेक्स ५, पिरिकोल ६, ६ एफ २२ ब्याट्री ५ सय पिस, ब्यट्री २ सय पिसलगायतका सामान बरामद गरेको हो । बरामद सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पठाइएको सिमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिनुभयो ।