सरकारले नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई स्पष्टीकरण सोधेको छ र उहाँले सरकारले सोधेको प्रश्नका जवाफ बिहीवार दिएको भनेर संचारमाध्यामहरुमा सार्वजनिक भएको छ ।कुलमानले आफूले सरकारलाई दिएको जवाफमा सरकारले आफूलाई अहिले हटाउन नसक्ने कुरा उल्लेख गरेको पनि समाचारहरु आएका छन् । सरकारले कुलमानलाई किन हटाउन खोजेको हो भन्ने कुरा नै मुख्य हो । कुलमानका पनि कमजोरी होलान् । कुलमान सबै हिसावले ठीक मान्छे हुन् भनेर यहाँ भन्न पनि खोजिएको होइन ।

तर, यो केपी ओली सरकार आउने बित्तिकै बिधुत प्राधिकरणको कार्यकारी प्रमुखमा रहेका कुलमानलाई हटाउने खेल भएको थियो र अब यो अन्तिमतिर आएको पनि पाइएको छ । अब स्पष्टीकरण सोधपछि सरकारले कुलमानलाई हटाउछ पनि भनिएको छ तर यो देश करिब १८ घण्टासम्म लोड सेडिंगमा रहँदा कुलमानकै अग्रसरतामा त्यसको अन्त्य भएको हो । जे सुकै भएपनि यसको श्रेय कुलमानलाई नै जान्छ ।हुनत कुलमान भन्ने पात्र एकजना कर्मचारी हुन्, तैपनि राम्रो कामको जसले पनि प्रशंसा गर्नुपर्दछ र काम गर्न पनि दिनुपर्दछ । बिना अर्थ बिना कारण यसरी हटाउने कुरा गर्नु ठीक होइन ।
सरकारले समय पुगेपछि कुलमानलाई जे गरोस् त्यो फरक कुरा हो तर काम गरिरहेको मान्छेलाई यसरी हटाउने कुरा ठीक होइन । अहिलेसम्म कुलमानको कार्य कुशल नै छ भोलिको दिनमा के होला त्यो समयले बताउला । त्यसैले अहिले सरकार कुलमानको पछि लाग्नु गलत नै हो ।

Leave a Reply